१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस्ः सचिव पौडेल

शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस्ः सचिव पौडेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गर्ने सरकारसमक्ष माग गर्नुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको बताउनु भयो । उहाँले केही दिन मात्रै नेपाली विद्यार्थी प्रिशा साहको उक्त विश्वविद्यालयमा निधन भएको बताउँदै यस्ता घटनाहरू संयोग हुन वा कारण त्यसको खोजी नीति गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो÷होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै नपुग्ने बताउनु भयो । उहाँले संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राख्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले प्रकृति लम्सालको दुखद् निधन भयो । त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको निधनको दुःखद समाचारले हामी नेपालीहरू स्तब्ध भएका छौँ । भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत प्रिशा शाहको दुखद निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । दिउँसो तीन बजे आफ्ना बुबासँग सहज कुराकानी भएको थियो । तर, उहाँ जीवित हुनुभएन । झन्डै १२ सय नेपाली अध्ययनरत उक्त विश्वविद्यालयमा भएका यस्ता घटनाहरू संयोग मात्रै हुन् कि यसको पछाडि कारण लुकेको छ रु स्पष्ट खोजीनिती होस् । उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो कि होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै पुग्दैन । शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर सत्य तथ्यको खोज गर्दै त्यहाँ र संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने उचित व्यवस्था मिलाउनको निम्ति सम्बद्ध पक्षसँग सम्माननीय सभामुखमार्फत हार्दिक अनुरोध गर्न चाहन्छु ।”

उहाँले हिजोदेखि कक्षा १२ को परीक्षा शुरु भएको बताउँदै परीक्षा बोर्डलाई प्रभावकारी बनाउन शिक्षकहरूका समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।