काठमाडौं । ट्राफिक प्रहरी बुधबारबाट नियमित रुपमा मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण ७ चैतबाट रोकिएको मापसे जाँच पुनः सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।
महामारीका कारण रोकिएका सचेतना कक्षा पनि अब सुरु हुने एसएसपी ढकालल ेबताए ।