३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ। भारतका विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

भारत सरकारले सबै अन्तरराष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ । “हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रासस