२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता प्रा.डां जागेश्वर गौतमले देशका विभिन्न अस्पतालबाट २०७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलब १ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा बिभिन्न २७ प्रयोगशालामा पिसीआर बिधीबाट ३ हजार ७ सय ७९ नमूना परिक्षण गरिएको छ ।

आज देशभर २० हजार ८४२ जना क्वारेन्टाइनमा छन् ।