६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्लाः सांसद मेटमणी चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरुका मागहरु सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिनुभएको हो । शिक्षकका जायज मागहरु पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने उहाँको टिप्पणी छ । उहाँले सरकारले शिक्षकहरुका जायज मागहरु पुरा गर्नुको सट्टा दमन गरिरहेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरु भागेको कुरा सुन्नुभएको होला नि । पढ्नु भएको पनि होला । जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ । ’

उहाँले सरकारले शिक्षकहरुमाथि जंगली व्यवहार र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भत्र्सना गर्नुभयो ।