३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण २४ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसका साथै, प्लेइङ एघारमा समावेश गरिएका खेलाडीहरू, जसमा प्रभावशाली खेलाडी पनि समावेश छन्, उनीहरुले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

२७ अप्रिलमा मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनऊलाई यो जरिवाना लगाइएको हो । लखनउको यो सिजनमा दोस्रो सबैभन्दा ढिलो ओभर रेट छ ।

लखनउले १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । टोली १० अंकसहित छैटौं स्थानमा छ । प्लेअफमा पुग्न एलएसजीले बाँकी चारै खेल जित्नै पर्नेछ ।