२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गर्नुभएको छ । माछासँगै उहाँले पोखरीमा घोँगीपालन गर्नुभएको हो ।

छ महिनामा उहाँले घोँगीपालनबाट रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिनुभयो । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताउनुभयो । “माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो घोँगी राख्ने गरेका छौँँ”, उहाँले भन्नुभयो, “माछालाई जस्तै घोँगीलाई पनि दाना हाल्ने गरेका छौँ ।

दाना हाल्ने गरेपछि घोँगी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोँगी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोँगी बिक्री हुने गरेको छ”, चौधरीले भन्नुभयो । उहाँका अनुसार यस वर्षको छ महिनामा १२ क्विन्टल ५० किलो घोँगी प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले बिक्री भएको छ ।

पोखरीबाटै केही घोँगी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । “धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोँगीको माग बढी छ”, चौधरीले भन्नुभयो, “माग अनुसार उत्पादन गर्न सकेका छैनौँ, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ ।” घोँगी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेको उहाँले बताउनुभयो ।

तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोँगीपालन गरिँदै आइएको चौधरीले जानकारी दिनुभयो । गत वर्ष रु ९० हजार जतिको मात्रै घोँगी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उहाँले बताउनुभयो । घोँगीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा रु १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।

पहिले थारु समुदायको मौलिक परिकारका रूपमा मात्रै घोँगी पकाउने गरिन्थ्यो । हाल व्यापारिक मेला, होटेलमा नयाँनयाँ परिकारको माग आउन गनलेपछि सबै समुदायको रोजाइमा घोँगीका परिकार पर्ने गरेका छन् । एक अध्ययन अनुसार घोँगी खाँदा डिप्रेसन कम हुने र मस्तिष्कको विकासमा मद्दत पुग्ने गर्दछ ।

घोँगीको सेवनबाट हड्डी बलियो बनाउने कार्यसँगै प्रजनन क्षमता बढाउनुका साथै यसमा ओमेगा फ्याट्री एसिड, क्याल्सियम, जिङ्क, पोटासियम, सोडियकलगायत पोषकतत्व पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सक बताउँछन् ।

कोलेस्ट्रोर कम हुने भएकाले मुटु र मिर्गाैलाका लागि घोँगीका परिकार फाइदाजनक हुने चौधरीले बताउनुभयो । “काँचो घोँगी खाँदा टाउको, घाँटी दुख्ने कार्यसँगै केहीलाई एलर्जिको समस्या भने देखिन्छ । पहिले पानी जमेका धान खेत, पानीले भरिएका खाल्डाखुल्टी, तलाउमा थारु समुदायका महिलाले घोँगी सङकलन गरी परिकार बनाएर साँझ, बिहानको खानामा पस्कने गर्दथे”, उहाँले भन्नुभयो ।

हाल माछासँगै पोखरीमा घोँगीपालनको कार्य हुन थालेपछि खोज्नका लागि अन्य क्षेत्र पुग्नुपर्ने झन्झट हटेर गएको चौधरीले बताउनुभयो । उहाँका अनुसार परापूर्वकाल देखि थारु समुदायको मुख्य खान्कीका रूपमा अरु परिकार झै घोँगी पनि पर्दछ ।  रासस