११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु
अ अ+ अ-

काठमाडौँ । आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् ।

शुक्रवार माईतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले ाठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हु्न् ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरुले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरुले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले बताउनु भयो । उहाँँले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनु भयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको छ । यो निर्णय माघ २५ गते भएको थियो । त्यसपछि निजी मेडिकल कलेजले हामीले सक्दैनौँ भनिरहेको अवस्था र राज्यले त्यसलाई कार्यान्वयन गर्न तदारुकता नदेखाएको स्थिति थियो । बीचमा आएर जुन म्याचिङ भन्ने एउटा प्रक्रिया हुन्छ । लिखित पास गरिसकेपछि कुन कलेज छान्ने, के छान्ने भन्नेमा सरकारी सिटहरुमा मात्रै म्याचिङ खुल्यो, निजी कलेजहरुमा म्याचिङ खुलेन । के रहेछ भने उहाँहरुले पढाउन सक्दैनौँ भनेको कारणले गर्दा उहाँहरुले म्याचिङ प्रक्रियामा नहाल्निुस् भनेपछि नखुलेको भन्ने जानकारी भयो । पढ्न जानेलाई पनि समस्या भने । उहाँहरु मुद्दामा जानुभयो । जो बिजीको तालिममा छिर्ने भन्ने । जसले काम गरिरहनुभएको थियो, उहाँहरुले पनि निर्णय कार्यान्वयन नहुने भन्ने शंका भएपछि उहाँहरु सडकमा आउनुभयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर अहिले आन्दोलनमा छौँ । सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएका छन् । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने माग हो । उहाँहरुलाई जुन मानसिक तनाव दिइएको छ, यो फिर्ता लिनुपर्छ र ससम्मान काममा फर्किन भन्नुपर्छ भन्ने माग लिएर सडकमा आएका छौँ ।’

उहाँले सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएको भन्दै दुःख व्यक्त गर्नुभयो । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने र निजी मेडिकल कलेजले दिएको मानसिक तनावप्रति क्षमा मागेर काममा ससम्मान फर्काउनुपर्ने बताउनु भयो ।