६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कावा सभापति अर्यालसँग अध्यक्ष डा. केसीसहितका पदाधिकारीहरूको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसँग गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्रि केसीसहितका पदाधिकारीहरूले आज (मंगलबार) संसदीय दलको कार्यालय सिंहदरबारमा भेटघाट तथा छलफल गरेका छन् ।

भेटघाटमा गैरआवासीय नेपाली नागरिकता, लगानीसम्बन्धी एनआरएन डेभलपमेन्ट फन्ड, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, संघमा देखिएका समस्यालगायतका विषयमा छलफल भएको थियो ।

कार्यवाहक सभापति अर्यालले गैरआवासीय नेपालीहरुले सरकारबाट पाउनुपर्ने सेवासुविधामा आफू सकारात्मक रहेको र नेपालमा पुँजी मात्रै होइन, सीपहरू पनि भित्र्याएर नेपालको विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो ।

साथै एनआरएनले जुन उद्देश्य प्राप्तिका लागि स्थापना भएको हो सो उद्देश्य प्राप्तिका लागि लाग्नुपर्ने भन्दै एनआरएनएमा देखिएको आपसी विवाद समाधानका लागि आफ्नो तर्फबाट सहयोग र पहल गर्न तयार रहेको बताउनुभयो ।