२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव



अ+ अ-

काभ्रेपलाञ्चोक। पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको फुलबारीमा आज आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उहाँले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गर्नुभयो । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उहाँले आग्रह गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सङ्गालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गर्नुभयो ।

नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगाईंले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद् ज्ञापन गर्नुभयो । रासस