९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

सरकार र गठबन्धनमा केही समस्या छैन : गृहमन्त्री लेखक

सरकार र गठबन्धनमा केही समस्या छैन : गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । सरकार अप्ठ्यारोमा परेको भन्ने हल्ला गलत भएको संयन्त्रले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको बताए । ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको उनको भनाइ थियो ।

सरकारका बारेमा केही नेताहरूले बोलेको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ थियो । उनले दुई शीर्ष नेतासहित कार्यदल र संयन्त्रको नियमित बैठक बसेको बसेको स्पष्ट पारे ।

सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको उनले बताए । यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुंगो लगाउने गरी केन्द्रित हुने उनले स्पष्ट पारे ।

सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै विरोध गर्दै आएका बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।