२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयका कर्मचारीलाई प्रशासनिक क्षमता विकास तालिम



अ+ अ-

गण्डकी। पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक साता लामो प्रशासनिक क्षमता विकास तालिम दिइएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालित तालिममा विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरू सहभागी थिए ।

तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यावहारिक र प्रविधिमैत्री विषयमा प्रशिक्षण प्रदान गरिएको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो ।

उक्त अवसरमा विश्वविद्यालयका कर्मचारीको प्रमुख कार्य र जिम्मेवारी बजेट र लेखा प्रणाली, सार्वजनिक खरिद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआइ प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहारलगायत विषयमा तालिम दिइएको थियो ।

त्यस्तै कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माणलगायत विषयमा दक्ष प्रशिक्षकहरूबाट सत्रहरू सञ्चालन गरिएका थिए ।

तालिमको समापन समारोहमा स्वास्थ्य विज्ञान सङ्कायका डीन तथा निमित्त उपकुलपति सह प्रा डा अमर नागिलाले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै सप्ताहव्यापी रुपमा सहभागीले सिक्न, बुझ्न र अनुभव साटासाट गर्न महत्वपूर्ण अवसर पाएको बताउनुुभयो ।

विश्वविद्यालय जस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि र व्यवस्थापनसम्बन्धी दक्षता आवश्यक भएको र एआइको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।

व्यवस्थापन सङ्कायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा डा दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई महत्वपूर्ण रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा डा पूर्णबहादुर खाँडले तालिम सफल बनाउन समूहगत कार्यमा आधारित भएर भरमग्दुर प्रयास गरिएको बताउनुुभयो ।

तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा बद्री अर्याल, सहप्रशासक तारादेवी सापकोटा, प्रशिक्षार्थी तोरणबहादुर विक, तालिम व्यवस्थापन समिति सह प्रा डा पूर्णबहादुर खाँडलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो । रासस




भर्खरै