६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण



फाईल फोटो
अ+ अ-

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रुपमा अशक्त, अपाङ्गता र हिँडडूल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई वितरण गर्ने गरी सामाजिक विकास कार्यालय मुस्ताङले आज अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको केन्द्रमा जिल्लाका पाँचै वटा गाउँपालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शारीरिक रुपमा हिँड्डुल गर्न नसक्ने व्यक्तिहरुको सुविधाका लागि चार प्रकारका अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

सामाजिक विकास कार्यालयले पाँचै स्थानीय तहलाई फोल्डिङ लौरी, इअर सेट, ह्वील चेयर र चर्पी चेयर हस्तान्तरण गरेको जनाएको छ ।  कार्यालयबाट घरपझोङले फोल्डिङ लौरी ३७ थान, ‘इअर सेट’ सात थान, ह्वील चियर पाँच थान र चर्पी चियर आठ थान प्राप्त गरेको छ । थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ ।

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, ईअर सेट तीन थान, ह्वील चियर दुई र चर्पी चियर दुई थान प्राप्त गरेको छ । यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वील चियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको हो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ र सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटालगायतले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् । रासस