२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण



अ+ अ-

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रुपमा अशक्त, अपाङ्गता र हिँडडूल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई वितरण गर्ने गरी सामाजिक विकास कार्यालय मुस्ताङले आज अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको केन्द्रमा जिल्लाका पाँचै वटा गाउँपालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शारीरिक रुपमा हिँड्डुल गर्न नसक्ने व्यक्तिहरुको सुविधाका लागि चार प्रकारका अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

सामाजिक विकास कार्यालयले पाँचै स्थानीय तहलाई फोल्डिङ लौरी, इअर सेट, ह्वील चेयर र चर्पी चेयर हस्तान्तरण गरेको जनाएको छ ।  कार्यालयबाट घरपझोङले फोल्डिङ लौरी ३७ थान, ‘इअर सेट’ सात थान, ह्वील चियर पाँच थान र चर्पी चियर आठ थान प्राप्त गरेको छ । थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ ।

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, ईअर सेट तीन थान, ह्वील चियर दुई र चर्पी चियर दुई थान प्राप्त गरेको छ । यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वील चियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको हो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ र सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटालगायतले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् । रासस