२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू



अ+ अ-

धनकुटा। कोशी प्रदेश सङ्ग्रहालयमा देशका ऐतिहासिक तथा पुरातात्विक स्थानहरूका विशेषता झल्किने फेटो प्रदर्शनी सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा आजदेखि सुरु गरिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

हनुमानढोका दरबार सङ्ग्रहालय वसन्तपुर, काठमाडौँले आयोजना गरेको प्रदर्शनीको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएको छ । प्रदर्शनीमा ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित ६० नयाँ तथा पुराना तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको माध्यमबाट जिल्लाका साथै समग्र देशको पर्यटन प्रवर्द्धनमा  सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलले जानकारी दिनुभयो ।

एक महिनासम्म निःशुल्क आयोजना गरिने यस प्रदर्शनीले नयाँ पुस्ताले संस्कृति र परम्पराका बारेमा अध्ययन गर्नसक्ने उहाँले बताउनुभयो । प्रदेश सङ्ग्रहालय प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । रासस