१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण हुने

कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण हुने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालन सुरु गरेको छ ।

महानगरल स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा परिक्षण गरि यसको सुरुवात गरेको हो ।

खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण हुने क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरे नतिजा देखाउन सकिन्छ ।

यसपछि महानगरपालिका र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्नेछ ।

प्रयोगशालामा फलफुल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आ.. वि. पि. आर.) पनि छ । दुधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दुधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दुधको सोलिड नट फ्याट (एस. ए.। एफ.) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पि.एच. परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै, प्रयोगशालामा खाद्य पदार्थ नमूनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि छ । नमूना खाद्य पदार्थ जाँच्नका लागि पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरुपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ् आयल टेस्टर छन् । तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफुल जुसमा टि. एस. एस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक व्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ । हानीकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ । खाद्य पदार्थको नमूना राख्ने रेफ्रिजेरेटर छ । उपकरणहरुसँग जोडेर काम गर्न सकिने ल्यापटप छ । यो प्रयोगशाला तापक्रम अनुकुलित(एअर कन्डिसन) र संकलित नमूनाका कणहरुको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर छ ।

खाद्य पदार्थ तताउने हट प्लेट छ । हात धुने तथा अन्य चिज पखाल्ने ठाउँ धारा र वेसिन छ । मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रङ्गको मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच सम्झौता गरेर यो प्रयोगशालाको भ्यानलाई अनुगमनमा प्रयोग गर्न थालिएको हो । अनुगमन निरीक्षणमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोवायोलोजिष्ट तथा विज्ञसहितको संयुक्त टोली हुनेछ ।

महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यस अघि पनि संकलन भएका खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । त्यसको नतिजा आउन बाँकी छ ।