५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ



अ+ अ-

काठमाडौं । प्रहरीले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने थप ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि अपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा सर्लाहि घर भई टिकाथली बस्ने २२ बर्षको अमित शाहि, सुनसरी धरान घर भएका १९ बर्षका सुमन कार्की, बर्दीया घर भएका ३४ बर्षका हेमराज थारु, धादिङ​ घर भएका २७ बर्षका दिवश बोगटी, काभ्रे घर भएका ३० बर्षकी अनिता कुँवर (एनी) र सिन्धुपाल्चोक घर भएका ३० बर्षका कुमार तामाङ​ रहेका छन् ।