२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक अस्थिरता र सामाजिक अराजकता मुलुकका चुनौती’



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

राष्ट्रिय युवासङ्घ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता र सामाजिक अराजकता लामो समयसम्म नजाने बताउनुभयो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको बताउनुभयो ।

उहाँले युवा पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायन बढेको बताउनुभयो । “नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापन चुनौती छ, त्यसका कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनु हो”, उहाँले भन्नुभयो ।

उहाँले परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो । “देश रातारात बन्दैन । समय लाग्छ । २०१५ साल यता जम्मा १७ वर्षमात्र राजनीतिक दलले नेतृत्व गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “राजनीतिक दलले नेतृत्व गर्ने समय पर्याप्त नपाएर मुलुक नबनेको हो ।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई सामाजिक अराजकताबाट टाढा राख्नुपर्ने धारणा राख्नुभयो । सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले आजको आवश्यकता युवाहरूमा सकारात्मक सोचको विकास गरी आत्मविश्वास दिलाउन र नयाँ सोचका साथ राष्ट्र निर्माणमा योगदान गराउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा युवाहरूले मुलुकका लागि सकारात्मक सन्देशमूलक कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गरिने जनाइएको छ । उत्कृष्ट हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा हुने वतृत्वकलामा ११० तथा गजल, कविता र निवन्धमा ४०० सहभागी छन् ।रासस