१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भिजेको रासन खाँदै विस्थापित

भिजेको रासन खाँदै विस्थापित
अ अ+ अ-

कैलाली । भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले खाना पकाउन पाएकी हुन् ।

‘घर त डुबानमै छ,’ उनले भनिन्, ‘भोकै मर्ने भएपछि केही बचेको छ कि भनेर कम्मरसम्मको पानी तरेर बूढा घरसम्म गए, भिजेको चामलको कट्टा फेला पर्‍यो । त्यही उठाएर ल्याए । अहिले सडकमा सुकाएर खाँदै छौं ।’

बुद्धिराम चौधरीको सात जनाको परिवारले ट्रयाक्टरको ट्रलीमुनि रात काटेको चार दिन बित्यो । संयोगले बाढी आएको दिन उनले ट्रयाक्टर सडकमा राखेका थिए । ‘बुधबार बिहान ११ बजे गाउँमा बाढी पस्यो,’ उनले भने, ‘त्यतिबेला दौडँदै घरमै रहेका लालाबाला उठाएर ट्रयाक्टर भएको ठाउँमा ल्याएँ । सडकमाथि बाढी चढ्न नसक्दा ज्यान जोगिएको छ ।’ मंगलबार रातिदेखिको वर्षाले पथरिया र काँडा नदीको बाढी गाउँ पसेको थियो । बाढी पसेर डुबान भएपछि केहीले मात्रै सामान निकाल्न भ्याए, धेरैजसो रित्तै भागेर ज्यान जोगाए । अधिकांशलाई उद्धारकर्मीले दिउँसो मात्रै सुरक्षित ठाउँमा सारेका थिए ।

                                                                                                                     ****

हुलाकी सडकमै बसिरहेकी भजनी–८ काँडाढिककी अञ्जली विकको ५ महिनाको बच्चा छ । उनका पति हुलाकी सडकमै अटोरिक्सा चलाउँथे । बाढी आएका दिन अटोरिक्सा सडकमै राखेर सुत्केरी श्रीमतीको उद्धार गरे । चार दिन भयो दुवै जनाको बास अटोमै छ । ‘बच्चालाई लामखुट्टे र कीराले टोकेर शरीरभरि खटिरा निस्केको छ,’ उनले भनिन्, ‘आफूले खान नपाएर दूध सुकेकाले बच्चाले पेटभरि पाएकै छैन ।’ भजनी–८ कृष्णनगरकी लक्ष्मी शाहले पनि बच्चालाई जोगाउन गाह्रो भएको बताइन् । उनका साथमा ४ महिनाको छोरा छ । ‘ओढ्ने–बिछ्याउने केही छैन । एउटा म्याटमा सुत्नुपरेको छ,’ उनले भनिन्, ‘रातभरि कीरा र मच्छडले टोक्छ । बाढीले सर्प पनि सडकमै देखिन्छन् ।’

सडकमा बालबालिका, बूढापाका, सुत्केरी, गर्भवती र अशक्तलाई बस्न कठिन भइरहेको बुद्धिराम चौधरीले बताए । ‘बच्चा र बुहारीकै लागि चौथो दिन ज्यानको बाजी लगाएर कम्मर–कम्मरसम्म पानी तरेर घरभित्र पसें,’ उनले भने, ‘डुबेको घरबाट भिजेकै भए पनि रासन र एउटा खाट निकालेर ल्याइयो । अहिले जाउलो पकाएर बच्चा र सुत्केरी बुहारीलाई खुवाएको छु ।’

शनिबारदेखि वर्षा रोकिएकाले बस्ती आसपासका पथरिया, काँडा, कान्द्रा र मोहना नदीमा जलसतह घटेको छ । भजनी–३, ५, ७ र ८ बाहेकका विस्थापित परिवार घर फर्किसकेका छन् । भजनी नगरकी उपप्रमुख छाया देवकोटाले नगरपालिकाका ९ वटै वडाका २ हजार ४ सय १५घर डुबानमा परेको बताइन् । विस्थापित भएकामध्ये१ हजार ६ सय ७१ परिवारका ८ हजार ३ सय ५ जनाअझै घर फर्कन नसकेको उनले बताइन् । ५ सय जना स्थानीय विद्यालय र सुरक्षित आवासगृहमा छन् । अन्य सबै हुलाकी सडकमा बसेका छन् । भजनी–८ का नैन जोशी र नन्दराज ढुंगानाको परिवारले चार दिनसम्म ओत पनि नपाएको गुनासो गरे ।

शनिबार मात्रै वडा कार्यालयले त्रिपाल, बाल्टी र चाउचाउलगायत उपलब्ध गराएको थियो । उपमेयर देवकोटाले विस्थापित परिवारलाई एक महिनाका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा चाहिने बताइन् । ‘बालबालिका, सुत्केरी, गर्भवती, अशक्तलाई सुरक्षित आवास, शुद्ध खानेपानी, साबुन, मास्क, सेनिटाइजर, जीवनजलका साथै घुम्ती स्वास्थ्य शिविरको समेत आवश्यकता पर्ने उनको भनाइ छ ।

                                                                                                        ****

डुबानको एउटा मुख्य कारण हुलाकी सडक रहेको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गौरीशंकर चौधरीले बताए । ‘हुलाकी सडक ड्याम जस्तो भएकाले बाढीको स्वाभाविक बहाव हुन पाएन,’ उनले भने, ‘हुलाकी सडकले पानीको निकासका लागि पुल निर्माण गर्न‘पर्ने ठाउँमा कल्भर्ट मात्रै बनाइँदा निकास राम्रोसँग भएन ।’ हुलाकी सडकको यो क्षेत्रमा कम्तीमा तीन ठाउँमा पुल निर्माण गर्न‘पर्ने उनको भनाइ छ । यहाँबाट करिब ३० किलोमिटर दक्षिण भारतले निर्माण गरेको कैलाशपुरी बाँधका कारण पनि कैलालीको पूर्वोत्तरक्षेत्र डुबानमा पर्ने गरेको उपमेयरदेवकोटाले बताइन् ।

स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठले चुरे क्षेत्र र खोलानालामा भएको जथाभावी दोहनले बाढीको समस्या निम्तिएको बताए । ‘२० वर्षअघि २० मिटर फराकिलोमा बग्ने खोलारनदीहरू अहिले २ सय मिटर चौडा भएका छन्,’ उनले भने, ‘चुरेबाट बग्ने साना–ठूला गरी ४ सय नदीले कैलाली जिल्ला डुबानमा पार्ने गरेका छन् ।’ जिल्लाका मुख्य ठूला मोहना, खुटिया, गौरीगंगा, कान्ध्रा, पथरिया, काँडालगायतका नदीमा आउने बाढीले बर्सेनि समस्या निम्तिने गरेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।