१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन अन्योलमा

लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन अन्योलमा
अ अ+ अ-

काठमाडौं । लामो दूरीको सार्वजनिक सवारीसाधन सञ्चालनमा अन्योल देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै लामो दूरीको सवारीसाधन सञ्चालनमा अन्योल देखिएको सरकारी अधिकारी र व्यवसायीहरूले बताएका छन् । 

लामो दूरीको सवारीसाधन कहिलेबाट सञ्चालनमा आउँछन् भन्ने जवाफ उनीहरूसँग छैन ।   यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले कोरोना संक्रमणको दर बढेसँगै लामो दूरीको सवारीसाधन भदौमा सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधन आगामी १ भदौबाट सञ्चालन गर्न दिने निर्णय गरे पनि कोरोना संक्रमणको जोखिम बढेकाले व्यवसायीसँग थप छलफल गर्ने उनको भनाइ छ । 

‘कोरोना त्रास पछिल्लो समयमा बढ्दो छ, सरकारले सञ्चालन  गर्न  अनुमति दिएको भए पनि  लामो दूरीको सवारीसाधन सञ्चालन हुन सक्दैन,’ हमालले नयाँ पत्रिकासँग भने । 

बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्नेमा कोरोना संक्रमण देखिन थालेपछि  लामो दूरीको सवारीसाधन सञ्चालन गर्न नसकिने निष्कर्षमा व्यवसायी पनि पुगेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला लामो दूरीको सवारीसाधन सञ्चालनको सम्बन्धमा अन्योल थपिएको बताउँछन् ।  ‘केही समय बाटो हेरौँ, तर, १ भदौदेखि नै लामो दूरीको सवारीसाधन सञ्चालनमा आउन सक्ने सम्भावना छैन,’ उनले भने । 

कोरोनाको जोखिम कम नभएसम्म लामो दूरीको सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने उनको भनाइ छ । उनका अनुसार लामो दूरीको सवारीसाधन सञ्चालनका लागि व्यवसायी तयार छन्, तर कोरोना संक्रमणका कारण सञ्चालन गर्न सक्ने अवस्था छैन ।, नयाँ पत्रिकाबाट