४ असार २०८३, बिहीबार
,
Latest
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घर पुरियो, श्रीमान्-श्रीमतीको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक ।आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा एक दम्पतीको मृत्यु भएको छ । 

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ गाङखोरमा पहिरोले घर पुरिँदा ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

यसैगरी आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता ८ जनामध्ये ७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।