२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रमुख डंगोल वेल्जियम प्रस्थान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गर्नुभएको छ । त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ ।

युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरुसँग उहाँले अन्तरराष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्नुहुनेछ । यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरुसँग छलफल हुनेछ । यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन — ए. डि. आर.) को अभ्यास अवलोकन गर्ने कार्य तालिका छ ।

स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरुसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवर्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ । यस क्रममा उहाँले काठमाडौँ महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ ।

यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरु, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन् । यस्तै लैङ्गिमैत्री सहर निर्माणका प्रयास, स्थानीय विवाद समाधानमा महिला सञ्जालको गठन र सञ्चालन, वडास्तरीय मेलमिलाप कक्षसँग सम्बन्धित विषय समेटिनेछन् ।