२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने



अ+ अ-

गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ ।

उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिनुभयो । तम्घास-रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास-रिडी खण्डको प्रयोग नगर्न जानकारी दिएको हो ।

सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका-२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरीसम्मको खण्ड दुई साताका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्डअन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ ।

जुभुङ्-सिस्ने-भट्टेचौरबाट बिरबाँस सडक र मजुवा-बलिथुम-झिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।रासस