६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका दुई मेयरले देखे ‘खतराको घण्टी’



अ+ अ-

काठमाडौं । उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुरा गर्दै एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन सकिन्न ।’

‘कोरोना नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ, केही दिन बाहिरबाट आउने यात्रुलाई रोक्नुपर्छ’ –दुवैको धारणा छ । प्रहरी र स्थानीय प्रशासनले मात्र नभई यात्रु ओसार्ने र राजधानी पठाउने निकायलाई कोरोना नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेपछि मात्रै समस्या समाधान हुन सक्ने धारणा उहाँहरुको छ ।

‘राजधानीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै मेयर शाक्यले भन्नुभयो– ‘बाहिरबाट उपत्यका प्रवेशमा कडाइ नगरेसम्म कोरोना नियन्त्रण गर्न सम्भव हुँदैन ।’

नागढुंगा, फर्पिङ, जगातेलगायत मुख्य नाकामा बाहिरबाट यात्रु ल्याएर बाटौमै छाड्ने सवारी चालकलाई कारबाही नगरेसम्म उपत्यकामा कोरोना संक्रमण रोक्न नसकिने उहाँको धारणा थियो ।

यसै गरी, मेयर महर्जनले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेपछि मात्र केही मात्रामा कोरोना नियन्त्रण हुन सक्ने बताउँदै त्यसका लागि गृह मन्त्रालयले चासो दिनुपर्ने बताउनुभयो ।

काठमाडौंका मेयर अध्यक्ष रहनुभएको उपत्यकाका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेपछि चेकजाँच शुरु गरिएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘अब पुनः बैठक बसेर उपत्यकामा थप कडाइ गर्ने विषयमा छलफल गर्न जरुरी भएको छ ।’

ललितपुर महानगरले कारोना नियन्त्रण गर्न क्वारेन्टाइन, होल्डिङ सेन्टर, एम्बुलेन्सलगायत अन्य सेवा सञ्चालन गरी आफ्नो जिम्मेवारी वहन गरिरहेको जानकारी गराउँदै महर्जनले हामीले सबै संयन्त्र प्रयोग गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं भन्नुभयो ।

ललितपुर महानगरमा कोराना संक्रमण नियन्त्रण गर्न अनिवार्य मास्क लगाउनुपर्ने बाध्यकारी व्यवस्था लागू गराएको छ । ‘मास्क नलगाई बाहिर निस्केको देखेमा तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेको र सोहीअनुसार केहीलाई कारबाहीसमेत गरिसकेको मेयर महर्जनको भनाइ थियो ।

कामपाले कोरोना संक्रमण नियन्त्रण गर्न कामपाले झन्डै १० करोड खर्च गरिसकेको छ । ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले कोरोना संक्रमण रोकथाम गर्न करिब ४ करोड रुपियाँ खर्च गरेको बताउनुभयो ।

ट्राफिक प्रहरीका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय १३ प्रहरी क्वारेन्टाइमा बसेका छन् । उपत्यकाका भित्री शहरमा समेत कोरोना संक्रमित भेटिएका छन् । उपत्यकाका भित्री महाबौद्ध, असन, इन्द्रचोक, ओमवहाललगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन् । दुवै महानगरले कोरोना संक्रमण बढ्न सक्ने भन्दै विभिन्न चाडपर्व घरमै बसेर मनाउने निर्णय गरिसकेका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।