१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

कुलमानको दाबीः लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता

कुलमानको दाबीः लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत्को सुविधा पु¥याउन सफल भएको बताउनुभयो । “निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो”, घिसिङले भन्नुभयो, “यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ ।”

आव २०७२/७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब रु ३५ अर्ब रहेको र सोही आवको मात्रै घाटा करिब रु नौ अर्ब रहेकोमा आव २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आव २०८०/८१ सम्ममा सञ्चित नाफा करिब रु ४७ अर्ब पुगेको उहाँले जानकारी दिनुभयो । आव २०७२/७३ मा प्राधिकरणको कूल सम्पत्ति करिब २११ अर्ब रुपैयाँ रहेकामा हाल करिब ६४४ अर्ब रुपैयाँ पुगेको छ । यो नाफा महसुल वृद्धि गरेर भएको हैन बरु यस अवधिमा पटक(पटक गरी ३ पटकमा करिब २५ प्रतिशत महसुल घटाउँदा पनि भएको नाफा हो ।

प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकमा आव २०७२/७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भुक्तानी गरेकामा पछिल्लो आठ वर्षमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी कुल ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

पछिल्लो आठ वर्षमा प्राधिकरणले मात्र करिब एक खर्ब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ, भने सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रुपैयाँ लगानी गरेको घिसिङले जानकारी दिनुभयो । वर्षायाममा समेत विद्युत आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत तीन वर्षदेखि वर्षायाममा भारतमा विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको उहाँको भनाइ छ ।

गत आवबाट विद्युत् आयातभन्दा निर्यात बढी गरी करिब १७ अर्बको विद्युत् निर्यात भएको थियो । साथै नेपालसँग सीमा नजोडिएको तेस्रो देश बङ्गलादेशसम्म पनि गत नोभेम्बरबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु भएको छ । आव २०७२/७३ मा करिब २६ प्रतिशत विद्युत् प्रणालीको चुहावट रहेकामा आव २०८०/८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्त भएको जानकारी दिँदै घिसिङले यसबाट प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो योगदान पुगेको बताउनुभयो ।