१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त

तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनुभएको हो । उहाँले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गर्नुभयो । उहाँले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यी सबै भुमिकामा ज्ञानेन्द्र शाहको भुमिका के हो ? छैन भने नभन्नुस छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बीचमा आउनुपर्यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कू को प्रयत्न हो । यसको क्यारेक्टर कुनै संवैधानिक होइन । सिंहदबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने र संसद कब्जा गर्ने त्यही त हो । अनि सरकारले के हेरेर बसेको ? दुर्गाले त सार्वजनिक रुपमा बोलेको हो त जे जे हातहतियार पाइन्छ लिएर आउनु भनेर भाषण गरेर हिँड्या छ ।’

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उहाँको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उहाँको जो छ ।