२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश खारेजीको लागि म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताउनुभएको हो । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उहाँको जिकिर छ । उहाँले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताउनु भयो ।

उहाँले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताउनु भयो । उहाँले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताउनु भयो । उहाँले तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरुमा त हाम्रो मतभेद हुनसक्छ नि । त्यो मतभेद त जनतामा त्यस किसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो । त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ । अब म आफैं पनि आन्दोलनमा छु ।

मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन । गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन । सरकारले पीडितहरुलाई दिएको राहत राम्रै कुरा छ । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै शतर्क हुनुपर्छ । ’

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवयक विवेक नपु¥याउँदा क्षति भएको बताउनु भयो । उहाँले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताउनु भयो । उहाँले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभुमिका अराजक मान्छेलाई कमाण्डर तोक्दा समेत सरकार चनाखो नभएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘चैत १४ गते निर्मल निवासमा ८६ वषीर्य कमाण्डर चेन्ज गरेर अर्को कमाण्डर टिकाटालो लगाउँदा सरकार के हेरेर बसेको थियो रु यसमा सरकारको तयारी पुगेन । किनभने कमाण्डरका गतिविधि त हामीले विगतमा बल्खुदेखि धेरे ठाउँम हेरिसकेका छौं । बैंकबाट अर्बौं रुपैयाँ लिइसकेपछि तिर्नु पर्दैन भनेर ऋणीहरुको भावनामाथि खेलेर अराजक बनि हिँड्नेलाई कमाण्डर तोकेको सार्वजनिक भइसकेको थियो नि त ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभूवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरुलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो रु भन्दै प्रश्न गर्नुभयो । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उहाँको जोड छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरुप्रति सरकार चिन्तित र गम्भिर हुन आवश्यक रहेको धारणा राखे ।