१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज
अ अ+ अ-

तिलोत्तमा । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ दिनभरि ई–रिक्सा चलाउनु हुन्छ । त्यसबाट उहाँ दैनिक करिब रु एक हजार ७०० कमाउनुहुन्छ । यही कमाईबाट उहाँ दैनिक गुजारा चलाउनुहुन्छ । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उहाँले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाउनुभएको छ ।

कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्नुहुन्थ्यो । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उहाँ बताउनुहुन्छ । सहकारीको जागिर छाडेर सुरुमा रिक्सा भाडामा लिएर चलाएकी रीताले अहिले भने आफैँ रिक्सा किनेर चलाउँदै आउनुभएको छ । बुटवलको नयाँ बसपार्कलाई केन्द्र बनाएर बुटवलका विभिन्न स्थानमा उहाँ यात्रुलाई पु¥याउने गर्नुहुन्छ ।

कामलाई कहिल्यै पनि सानोठूलो नठान्ने उहाँ कहिलेकाहीँ महिला चालक भनेर कतिपय यात्रुले हेप्ने गर्दा दुःख लाग्ने गरेको बताउनुहुन्छ । “हामी पनि पुरुषसरह नै काम गर्छौं, तर कतिपयले महिला भनेर हेयको दृष्टिकोणले हेर्ने गर्छन्,” उहाँ भन्नुहुन्छ, “कतिपय यात्रुले त गन्तव्यमा पुगेपछि भाडा दिने बेलामा झगडा नै गर्छन् ।”

रिक्सा चालक रीताको उपमहानगरपालिकाप्रति गुनासो छ । “यति ठूलो नगरभित्र एउटा सार्वजनिक शौचालय पनि छैन, शौचालय जानुपर्ने अवस्थामा समस्या छ,” उहाँ भन्नुहुन्छ, “पार्किङको पनि त्यस्तै ठूलो समस्या छ ।” अटो रिक्सा चालकहरु दोहोरो करको मारमा परेको बताउँदै यस विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने रीताको भनाइ छ ।

बुटवल–१२ नयाँगाउँ घर भएकी ३९ वर्षीय खिमाकुमारी विक पनि विगत आठ वर्षदेखि रिक्सा चलाउने काम गर्नुहुन्छ । सुरुका एक वर्ष भाडामा रिक्सा चलाएकी खिमाले त्यसपश्चात् आफैँले रिक्सा किनेर चलाउन थाल्नुभएको हो । उहाँ भाडाको रिक्सा चलाउँदा कमाई हुन नसके पनि दैनिक रुपमा रिक्साधनीलाई भाडा बुझाउन बाध्य हुनुपर्ने भएकाले आफैँ रिक्सा किनेर चलाउन थालेको बताउनुहुन्छ ।

खीमाका श्रीमान् भारतको मुम्बईमा रोजगारीमा हुनुहुन्छ भने २१ वर्षकी एक छोरी र १९ वर्षका छोरा घरमै छन् । यो कामबाट आत्मसन्तुष्टि मिलेको बताउने खीमा दैनिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म कमाई हुने गरेको बताउनुहुन्छ ।

यस्तै, बुटवल देवीनगर अस्थायी बसोबास गर्ने एकल महिला मीना नेपालीले पनि रिक्सा चलाएरै आफ्नो चारजनाको परिवारको गुजारा चलाइरहनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ की उहाँले विगत सात वर्षदेखि बुटवलमा रिक्सा चलाउँदै आउनुभएको छ । विगत तीन वर्षअगाडि आफैँले नयाँ रिक्सा लिनुभयो । “भाडाको रिक्सा चलाउँदा कमाएको पैसा साहुलाई बुझाउँदा आफ्नो लागि पैसा नै नबच्ने, अहिले त आफ्नै रिक्सा छ, जति कमायो सबै आफ्नै हुन्छ,” उहाँले भन्नुभयो । बिहान घरको काम सकेर ११ देखि साँझ ६ बजेसम्म उहाँले रिक्सा चलाउनुहुन्छ । बुटवलमा नजिकैको दूरीमा रु ३० त्योभन्दा अलि टाढा रु १०० सम्म भाडा तय भएको उहाँ बताउनुहुन्छ ।

रिक्सा चलाउने क्रममा उहाँसँग मीठा–नमीठा दुवै क्षण छन् । कतिपय महिलाले सङ्घर्ष गरेको यो काम देख्दा सम्मानजनक व्यवहार गर्ने, कतिपय महिलाले नै अभद्र व्यवहार गर्ने नमीठो क्षण सुनाउनुभयो । पुरुषले पनि कतिपयले सम्मानजनक त कतिपयले अभद्र व्यवहार गरेको नमीठो छाप मीनाको मनभित्र गढेको छ । अटोरिक्सा चलाउने मजदुरलाई नगरपालिकाको व्यवहारप्रति मीनाको दुखेसो छ । उहाँले अब कार चलाउन सिकेर ट्याक्सी चलाउने पेसा अगाडि बढाउने धोको रहेको सुनाउनुभयो ।

बुटवलमा यसरी अटोरिक्सा चलाएर जीवन धानेका कैयौँ महिला र पुरुष छन् । यही काममा सपना र भविष्य सजाउनेहरु जसले आफ्नो मुख्य पेसा यसैलाई मानेका छन् । अन्य व्यवसाय गर्न पर्याप्त लगानी नहुनु र कतै रोजगार गर्न सोही अनुसारको दक्षता नहुँदा जीवन धान्ने मुख्य काम यही बनेको उनीहरुको धारणा छ । पुरुषको तुलनामा अटोरिक्सा चलाउने महिलाहरुका बढी समस्या छन् । अटोरिक्सा व्यवसायी तथा चालकहरुले स्थानीय पालिका र यातायात कार्यालय गरी दुई ठाउँमा दोहोरो कर बुझाउँदा दोहोरो करको मारमा परेको उनीहरूको गुनासो छ ।

बुटवलमा एक हजार ४१३ अटोरिक्सा दर्ता भई नगरबाट सञ्चालनका लागि अनुमति लिएको उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत पुष्पराज खनालले बताउनुभयो । त्यसमध्ये हालसम्म करिब ५० अटोरिक्सा महिलाका नाममा दर्ता भएको अधिकृत खनाल बताउनुहुन्छ । बुटवलमा गुड्ने सबै अटोरिक्सा दर्ता र अनुमतिमा नआएको उहाँले बताउनुभयो ।

आकर्षक गन्तव्य र सबैको रोजाइअन्तर्गतकै तिलोत्तमा नगरपालिकामा हालसम्म ३३२ अटोरिक्सा सञ्चालनमा रहेका छन् । यसमध्ये ३४ महिलाले आफ्नो नाममा सवारी चालक अनुमतिपत्र र रिक्सा दर्ता गरेको आर्थिक विकास शाखाका अधिकृत कृष्ण पाण्डेले बताउनुभयो । अधिकृत पाण्डेका अनुसार १०० अटोरिक्सा अझै दर्ता प्रक्रिया रहेका छन् ।

रुपन्देहीकै देवदह नगपालिकामा हालसम्म करिब २१ अटोरिक्सा नगरमा दर्ता भई सञ्चालनमा रहेका छन् । नगरमा गुड्ने सबै अटोरिक्सा दर्ता प्रक्रियामा नआएको नगरपालिकाले जनाएको छ । यसैगरी, सिद्धार्थनगर नगरपालिकामा पनि सञ्चालन भएका सबै अटोरिक्सा दर्ता प्रक्रियामा आएका छैनन् । हालसम्म ४७३ रिक्सा नगरमा दर्ता भई सञ्चालनमा आएको नगरपालिको राजस्व शाखाले जनाएको छ । यसैगरी, एक मात्र महिलाले नगरमा रिक्सा दर्ता गरेको सो शाखाका अधिकृत कमलकान्त खनालले बताउनुभयो । वसन्ती पन्त / रासस