१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी

ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी
अ अ+ अ-

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो । व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ ।

नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको बताए । ‘अहिले जानाजान अभाव सिर्जना गर्न खोजिएको छ, ठूला चाडपर्व नजिकिरहेको अवस्थामा अभाव देखाएर कालोबजारी गर्न खोजिएको छ, सरकारले समयमै यसप्रति ध्यान दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २०र२५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी परियोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ जेठमा ६५ हजार ४ सय ९२ मेट्रिक टन चिनी मौज्दात थियो, जसमा चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन र साल्ट टे«डिङसँग २ हजार २ सय ८५ मेट्रिक टन चिनी मौज्दात थियो ।

यस्तै, चिनी व्यापारीहरूले पनि निरन्तर आयात गर्दै आएका छन् । गत असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो । त्यस्तै, अवैध रूपमा १ लाख २ हजार मेट्रिक टन चिनी नेपाल भित्रिएको पाइएको छ । यो तथ्यांक हेर्दा अहिले बजारमा चिनीको अभाव नहुनुपर्ने हो ।

उता, कोरोना भाइरस महामारीका कारण भएको करिब ४ महिना लामो लकडाउनमा मिठाई उद्योगहरू सञ्चालन हुन पाएनन् । लकडाउन अन्त्य भए पनि अधिकांश मिठाई उद्योग राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । मिठाई उद्योग बन्द हुँदा चिनी खपत आधा नै कम हुन्छ । अहिलेको अवस्थामा २० देखि २५ हजार मेट्रिक टन खपत हुने चिनी घटेर करिब ९ देखि १३ हजारमा झरेको छ । मन्त्रालयको १ जेठको तथ्यांकलाई आधार मान्ने हो भने ६५ हजार मेट्रिक टन चिनी करिब ५–६ महिनालाई पुग्नुपर्ने हो ।

१ जेठको तथ्यांकअनुसार ६३ हजार २ सय ७ मेट्रिक टन चिनी मौज्दात रहेकामा अहिले उद्योगहरूसँग करिब ३० देखि ३५ हजार बढी मेट्रिक टन चिनी मौज्दात हुनुपथ्र्यो । राम्रोसँग मिठाई उद्योगसमेत सञ्चाल नभएको अवस्थामा साढे १ महिना नपुग्दै उद्योगीहरूले चिनीको मौज्दात जम्मा ७ हजार मेट्रिक टन मात्र रहेको बताउन थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले चिनी उद्योगीहरूले चिनीको यकिन तथ्यांक नदिएको बताइन् । ‘केही दिनअघि मात्र ३६ हजार मेट्रिक टन मौज्दात रहेको भनिएकामा अहिले ७ हजार मेट्रिक टन मात्र मौज्दात रहेको जानकारी दिइएको छ,’ उनले भनिन् ।

अहिले बजारमा चिनी केही कम भए पनि अभावै हुने अवस्था भने नरहेको मन्त्रालयको भनाइ छ । पछिल्ला दिनमा भारतबाट दैनिक दुई–तीन गाडी चिनी भन्सारबाट आइरहेको उनले बताइन् । पछिल्ला दिनमा बजार अनुगमन प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ । बजार अनुगमन गर्ने कानुनी अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तहलाई छ । बजार अनुगमन प्रभावकारी नहुँदा चिनी व्यापारी र उद्योगीले बर्सेनि चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरेर कालोबारी गर्ने गरेका छन् ।

मन्त्रालयकी प्रवक्ता केसीले वाणिज्य विभागको बजार अनुगमन प्रभावकारी नभएकै कारण व्यापारीले कालोबारी गर्न थालेको बताइन् । प्रभावकारी अनुगमन गर्न मन्त्रालयले विभागलाई निदर्शेनसमेत दिइसकेको उनले बताइन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ठूला व्यापारी र सरकारकै मिलेमतोमा चाडपर्वमा चिनीमा कालोबजारी गरेर उपभोक्तालाई ठग्ने गरेको आरोप लगाए । साल्ट ट्रेडिङलाई समयमै चिनी आयातका लागि अनुमति नदिने गरिएकाले पनि कालोबजारी हुने गरेको उनको भनाइ छ ।

‘जब बजारमा ठूला व्यापारी र चिनी उद्योगीले कालोबजारी गर्न थाल्छ अनि मात्र साल्ट ट्रेडिङले चिनी आयात गर्छ, त्यसैले पनि कालोबजारी हुने गरेको छ,’ तिमल्सिनाले भने । उनले सरकारले कडाइका साथ व्यापारीका ठूला भण्डारण स्टोरमा अनुगमन गर्नुपर्ने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले बजार अनुगमन प्रभावकारी बनाउन नसकेको स्वीकार गरे । उनले अनुगमन गर्न जनशक्ति कम भएकाले उपभोक्ताले चाहेअनुसारको बजार अनुगमन गर्न नसकेको बताए । उनले कडाइका साथ अनुगमन गर्ने तयारीमा विभाग गरेको बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।