१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उडानका लागि विमानस्थल तयार, एक दर्जनले मागे अनुमति

उडानका लागि विमानस्थल तयार, एक दर्जनले मागे अनुमति
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताउनुभयो ।

नियमित उडान सुरु भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महìवपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।

उडानमा कटौती
भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ । ‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक चारओटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ’ उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उहाँले स्पष्ट पार्नुभयो ।

आन्तरिक विमानस्थलको टर्मिनलमा एक घण्टामा बढीमा तीन सय यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

यसरी सञ्चालन हुनेछ विमानस्थल
नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ ।

आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा तीन सय यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ । पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा तीन सय यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ । काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ ।

कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ । यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागूू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ ।

एक दर्जनले मागे अनुमति
भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाई दुबईले उडान अनुमति मागेका छन् ।

बन्दाबन्दीमै निर्माण

नियमित उडान प्रतिबन्ध रहेको बन्दाबन्दीको अवस्थामा विमानस्थल निर्माणको काम भने रोकिएन । विशेष गरी अन्तर्राष्ट्रिय उडानको एकमात्र आधारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा निर्माणका काममा यसबीचमा महत्वपूर्ण सफलता हासिल भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उक्त विमानस्थलको दक्षिणतर्फ दुईओटा वाइडबडी पार्किङ गर्न मिल्ने गरी एप्रोन निर्माण, दक्षिणतर्फ थप तीन सय मिटर धावन मार्ग निर्माण, अन्तर्राष्ट्रिय प्रस्थानतर्फ नयाँ टर्मिनल भवन निर्माण, अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिङतर्फ एक्स–रे र ब्यागेज ह्यान्डलिङ बेल्ट, आगमन कक्षतर्फ नयाँ कक्षको निर्माण बन्दाबन्दीकै अवधिमा सम्पन्न भयो ।

समानान्तर ट्याक्सी वे निर्माणका लागि एसियाली विकास बैङ्कसँग सम्झौता, उत्तरतर्फ पार्किङ क्षेत्र विस्तारको ठेक्का लगाउने, सोही विमानस्थलको आन्तरिकतर्फ पार्किङस्थल तथा ट्याक्सी वेमा कालोपत्रे स्तरीकरण, सुरक्षा तथा स्वास्थ्य सावधानीका लागि मार्किङ गर्नेजस्ता काम पनि यही बीचमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ । लकडाउनकै अवधिमा नियमित काम हुँदा नियमित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ६२ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । 

निर्माणको अन्तिम अवस्थामा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उपकरण आपूर्ति रोकिँदा केही समस्या भने देखिएको छ । बन्दाबन्दीकै समयमा भरतपुर, बैतडी, धनगढी, डोटी विमानस्थलको रन वे ट्याक्सी वे एप्रोन कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । बझाङ र मसिनेचौरमा एप्रोन निर्माणको काम जारी छ । अर्घाखाँची, बलेवा, ताप्लेजुङमा माटो काट्ने काम पनि सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

सकेसम्म सुरक्षित राख्ने गरी तयारी भइरहेको छ
राजकुमार क्षेत्री
उपमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

विगत १५÷२० दिनदेखि नै हामी तयारी अवस्थामा छौँ । कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि अपाउनुपर्ने न्यूनतम मापदण्ड जस्तै सामाजिक दूरी, मार्किङ, काउन्टरमा यात्रुसँगको दूरीका लागि सिसाको बार, स्यानिटाइजेसन, उडानको समयमा ग्याप राख्ने लगायतका तयारी गरेका छौँ । यसका लागि उडान अनुमतिमै कटौती गर्दैछौँ । उडानलाई स्वास्थ्यको हिसाबले सकेसम्म सुरक्षित राख्ने गरी नै काम भइरहेको छ । यस्तो काम काठमाडौँसहित देशभरका अन्य मुख्य विमानस्थलमा पनि गरेका छौँ । कर्मचारीलाई आवश्यक तालिम पनि दिइरहेका छौँ ।

परिस्थिति अनुसार व्यवस्थापन गर्छौं
देवेन्द्र केसी
महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विश्वभर कोरोनाको जोखिम झन् बढिरहेको छ । यस्तो विमानस्थल जस्तो संवेदनशील ठाउँमा एक जनालाई मात्र सङ्क्रमण भयो भने सिलबन्दी गर्नुपर्ने हुन्छ । कर्मचारीमा पनि डर नै हुन्छ तर सरकारले गरेको निर्णय मान्नैपर्ने हुन्छ । अहिले भइरहेको उद्धार उडान जति गर्न सक्यौँ भने पनि त्यो नै
ठूलो कुरा हो ।

भोलि परिस्थिति कस्तो हुन्छ, त्यसैलाई हेरेर पहिलो हप्ता, दोस्रो हप्ता अथवा त्यसपछि के गर्ने भनेर व्यवस्थापन गर्दै जान्छौँ । विश्वकै आकाश सुनसान हुँदै गएको परिस्थितिमा हामीले त्यसैअनुसार सुरक्षात्मक भएर काम गर्नैपर्छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।