१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उपभोक्ताको भान्सा महँगियो, उत्पादन र आयात दुवैमा कमी

उपभोक्ताको भान्सा महँगियो, उत्पादन र आयात दुवैमा कमी
अ अ+ अ-

काठमाडौँ। तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १६० रुपियाँ परेको अनुभव कलङ्कीकी उपभोक्ता रमा आचार्यले बताउनुभयो । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने रमाको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।

कलङ्की चोकमै तरकारी भाउ बुझिरहेका वाफलमा डेरा गरी बस्ने विमल कार्कीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताउनुभयो । कार्कीले तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो भन्नुभयो ।

प्रायः तरकारी महँगो
बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ४५ देखि ५० रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६८ देखि ७० रुपियाँ पुगेको छ । दस÷पन्ध्र दिन अगाडिसम्म प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ६५ देखि ७० रुपियाँसम्म पुगेको छ ।

यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोई नसक्नु भएको छ ।

उत्पादन र आयात दुवैमा कमी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको माग अनुसार सहज आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटीमा सामान्य अवस्था दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले साढे चार सयको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ । नेपालमा वर्षाको समयमा उत्पादन कम नै हुने गरेकोमा यस पटक कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएको व्यापारी बताउँछन् । 

बन्दाबन्दी खुलेपछि बाढी र पहिरोका कारण बजारमा ल्याउन तयारी भएको धेरै तरकारी नोक्सानी भएकाले पनि भाउ महँगो भएको हुनसक्ने कालीमाटी बजारका तरकारी व्यापारी विकास बस्नेतले बताउनुभयो ।

बिस्तारै होटल तथा व्यवसाय पनि सुरु हुने क्रममा भएकाले भाउ अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ । कोरोना तथा बाढी पहिरोको प्रभावका कारण तरकारीको भाउमा केही प्रभाव परे पनि भाउ बढ्नु हरेक वर्षको समस्या भएको बस्नेतको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मीले बाढी, पहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हावी हुनु सधैँको समस्या भएको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारीको कारोबारमा बिचौलिया व्यापारीको बढी चलखेल हुने हुँदासमेत नियमनकारी निकाय मौन रहने गरेकाले सामान्य समस्यामा पनि तरकारीको भाउ उच्च हुने गरेको आरोप लगाउनुभयो ।

तरकारी बजारको अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा तरकारीको भाउ बढेको गुनासो बढिरहेकाले अनुगमन सुरु गरेको दाबी गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आइतबार मात्रै तरकारी बजारको अनुगमन गरेर दुईवटा पसललाई अनुगमन स्थलमै पाँच÷पाँच हजारका दरले जरिवाना गरिएको जानकारी दिनुभयो ।

उहाँले विभागका अनुगमन टोलीले तरकारी बजारको अनुगमन गर्ने क्रममा कालीमाटी थोक बजारको स्टल नम्बर ६४५ र ५३४ का व्यापारीले तोकिएको भाउभन्दा बढी लिएर तरकारी बेचेको पाएकाले जरिवाना गरिएको जानकारी दिनुभयो ।

विभागको टोलीले तरकारी बजारको छड्के रूपमा जुनसुकै बेला अनुगमन गर्ने र बढी मूल्य लिएर बेच्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐनको व्यवस्था अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।