२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठूलो धक्काः बङ्गलादेशी उद्यमी



अ+ अ-

एजेन्सी । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पु¥याएको बताउनुभएको छ ।

आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले भन्नुभयो, “कर वृद्धिका कारण मूल्यमा हुने वृद्धिले मागलाई प्रभावित गर्नेछ । हामी खरीदकर्ताहरू गुमाउनेछौँ । क्रेताहरू अन्य लागत–प्रतिस्पर्धी बजारमा जानेछन् र यो हाम्रो उद्योगको लागि ठूलो धक्का हुनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बङ्गलादेशमा कपासमा १६ प्रतिशत र पोलिस्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धि गर्दै समग्रमा ३७ प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

बङ्गलादेशले संयुक्त राज्य अमेरिकामा वार्षिक ८.४ अर्ब अमेरिकी डलरबराबरको तयारी कपडा निर्यात गर्ने गरेको बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) को तथ्याङ्कले देखाएको छ ।

यो बङ्गलादेशको कुल तयारी पोशाक निर्यातको करिब २० प्रतिशत हो ।

“हामी करवृद्धिकलागि तयार थिएनौँ तर यो अचानक आयो,” बीजीएमईएका प्रशासक अनवर हुसेनले भन्नुभयो ।

हुसेनले अन्य क्षेत्रीय व्यापार प्रतिद्वन्द्वीहरूको अवस्था अझ खराब रहेको बताउनुभएको छ ।

“चीन, भियतनाम र श्रीलङ्काजस्ता हाम्रा प्रतिस्पर्धीको तुलनामा हामी अझै अगाडि छौँ किनभने उनीहरूको कर हाम्रोभन्दा बढी छ,” हुसेनले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा बङ्गलादेशको निर्यातको अधिकांश हिस्सा सूती कपडा हो,” बीजीएमईएका पूर्व उपाध्यक्ष चौधरीले भन्नुभयो ।

बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले सरकारले समाधान खोजिरहेको बताउनुभयो ।

“राष्ट्रिय राजस्व बोर्डले शुल्कलाई छिटो तर्कसङ्गत बनाउने विकल्पहरूको पहिचान गरिरहेको छ, यो अमेरिकी कर वृद्धिको विषयलाई सम्बोधन गर्न आवश्यक छ,” आलमले एक विज्ञप्तिमा भन्नुभएको छ ।

चीनपछि दोस्रो ठूलो उत्पादक बङ्गलादेशले फ्रान्सको क्यारेफोर, क्यानाडाको टायर, जापानको युनिक्लो, आयरल्याण्डको प्रिमार्क, स्वीडेनको एच एण्ड एम र स्पेनको जाराजस्ता विश्वव्यापी ब्रान्डका लागि कपडा उत्पादन गर्छ ।

सरकारलाई ढाल्न सफल भएका ेसन् २०२४ को अगष्टमा भएको विद्यार्थी आन्दोलनले बङ्गलादेशको गार्मेन्ट उद्योगलाई अस्तव्यस्त बनाएको थियो । आन्दोलनमा गार्मेन्ट क्षेत्रका प्रदर्शनकारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

बङ्गलादेशमा महिनौँ लामो हिंसाका कारण पटक–पटक उत्पादन ठप्प भएको थियो यद्यपि वार्षिक आम्दानीमा खासै कमी आएको थिएन।

कपडा उद्योगले सन् २०२४ मा ३६ अर्ब डलर नियौत गरेको थियो भने अघिल्लो वर्ष ३८ अर्ब डलर निर्यात गरेको थियो ।