१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मध्यराति प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच यस्तो कुरा भएकै हो त ?

मध्यराति प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच यस्तो कुरा भएकै हो त ?
अ अ+ अ-

काठमाडौं । ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’  प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन् ।

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो । सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधीबहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले जनआस्थालाई सुनाउनुभयो । उहाँकाअनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ । कार्यदलले दिने रिपोर्टका आधारमा आज बुधबार अपराह्न ४ बजे फेरि अर्याल होटलमै बसेर एउटा निश्कर्ष निकालिने छ ।

अर्याल होटलको उक्त भेलामा १५ जना प्राध्यापकसहित करिव ४० वरिष्ठ अधिवक्ता उपस्थित थिए । त्यहाँ सहभागी वरिष्ठ अधिवक्ता प्रा।डा। युवराज संग्रौलाका अनुसार, न्याय प्रणाली र अपभ्रंसित न्यायका बारेमा गम्भीर चिन्ता व्यक्त गरियो ।

बारका पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्कासहित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, हरि उप्रेती, डा। कुमार शर्मा आचार्य, रविराज खनाल, सुनिल पोख्रेल, शैलेन्द्र दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, एकराज भण्डारी, तुलसी भट्ट, टीकाराम भट्टराई, माधव बाँस्कोटा, युवा कानुन व्यवसायी कपिल ढकाल, जितेन्द्र मडै, ज्ञानु गौतम, अमृत खरेल, बाबुराजा शाक्यहरु त्यहाँ थिए । बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले भन्नुभयो, ‘कार्यकारी र न्यायपालिका एउटै हुनु भनेको दुर्भाग्य हो । त्यसैले अब हामी चूप लाग्ने कुरै आउँदैन ।’ शुरुमा उनीहरुले सांसदलाई घचघच्याएर समाधान खोज्ने, यदि त्यसरी समाधान ननिस्किए सडकमा जाने नीति अख्तियार गर्दैछन्  ।

उक्त भेलामा के–के भए रु यसबारे भेलाबाट फर्र्किएपछि वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले आफ्नो फेसबुक वालमा यस्ता लेख्नुभएको छ, ‘अदालतमा भ्रष्टाचार छ, बिचौलिया छन्, हिजो गोजीबाट न्यायाधीश टिप्ने काम भयो । असल मानिसको मानमर्दन भयो, न्यायाधीश भएका एकजनाले आत्महत्यासम्म गर्नुपर्ने अवस्था आयो । सेटिङ मिलाउने कार्यका बारेमा रोचक कुराहरू भए । न्यायाधीश हुन कुद्नेका बारेमा पनि कुरा उठे । संसदले के हेरेर न्यायाधीशको नियुक्ति सदर गयो ? अब यो पनि उठ्नुपर्ने कुरा उठे । सुनुवाइको समयमा सांसदका घरमा न्यायाधीशहरु पुगेका, केही सांसदले हात चिल्ला पारेका कुरा पनि उठे ।’

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।