१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दहाल नेपाल समुह रणनीति: ओलीमाथी दवाब बढाउन केन्द्रिय सदस्यहरूलाई काठमाडौ बोलाउदै



अ+ अ-

काठमाडौं । नेकपा भित्र चर्किएको शक्ति सर्घष फेरी पटक उत्कर्षमा पुगेको छ । करिब ८ महिना देखीको रस्साकस्सीलाई उपाध्यक्ष बामदेब गौतमले अघि सारेको ६ बुदे मध्यमार्गी प्रस्ताब बाट समस्या उन्मुख हुदै गर्दा अध्यक्ष दहाल तथा बरिष्ठ नेता नेपाल फेरी एक पटक अध्यक्ष ओली माथी  दवाब बढाउदै गौतमको प्रस्ताबलाई  तुहाउने  निष्कर्षमा पुगेको श्रोतले जनाएको छ ।  गौतमको प्रस्ताबले नेकपा भित्र एक प्रकारको आईस ब्रेक भएको अबस्था र कोरोनको सक्रमण पनि बढ्दै गएको  कारण केही समय पार्टी भित्रको अन्तरकलह मथ्थर हुने आशा नेकपामा एकथरी कार्यकर्तामा थियो ।  तर कोरोनाको सक्रमण बढ्दै गए संग पार्टी भित्रको कलह पनि बढ्दै गएको छ ।

बुधबार साझ ५ बजे दुई अध्यक्ष बीच पुन छलफल गर्ने पूर्ब निर्धारित कार्यतालीका तय भएपनि ओली माथी दबाव बढाउनका लागि कोरोका कहर बीच आफुनिकट केन्द्रिय सदस्यहरुलाई काठमाडौ बोलाउने र केन्द्रिय समितिको बैठक बोलाउन दवाब दिने रणनीति बुझे पछि अर्का अध्यक्ष ओली संग हुने भनिएको छलफल पनि अन्योलमा परेको छ ।  शुक्रबार प्रधानमन्त्री ओलीले स्बास्थ्थ बिज्ञहरु संगको छलफलमा पार्टीका साथीहरुले कोरोना संकट प्रति गम्भिर नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।  ओलीको अभिब्यक्ति पछि तत्काल पार्टीका कुनै पनि बैठक नबस्ने अनुमान लगाएका दहाल–नेपाल समुहले केन्द्रिय सदस्यहरु तथा संञ्चारमाध्याम मार्फत प्रचारात्मक दवाब बढाउन लागेका हुन् । यसका लागि आज केही संञ्चारकर्मीहरु संग अनौपचारीक छलफल समेत भएको छ ।

उपाध्यक्ष गौतमले साथ छाडेको , सचिवालय सदस्य रामबहादुर थापा पूर्ण रुपमा कतै पनि नखुलेको अबस्थामा सचिवालयकामे बैठक बाट बिवादित बिषयहरु टुङ्गो लगाउनका लागि असन्तुष्ट पक्ष हच्किएको ओली पक्षको बुझाई रहेको छ ।  ओली पक्ष सचिवालयमा टुङ्गो गरेर स्थायी समितिमा लैजाने तयारीमा रहेका छन् दहाल –नेपाल समुह स्थायी समिति हुदै केन्द्रिय समिति सम्म यो मुद्धा लैजाने तयारीमा रहेका छन्  ।

उपाध्यक्ष गौतमलाई फकाउन शुक्रबार भैसेपाटी पुगेका अध्यक्ष दहाल गौतम संगको सम्बाद पछि उत्साहित हुन सक्नु भएन ।  सुरु देखी नै साथ दिदै आएका  मुख्य ब्यक्तिहरुको साथ गुम्नु र बिगत देखी आफुसंगै रहेका नेताहरुले पनि साथ छाड्दै गएको अबस्थाम अप्ठारोमा परेका दहालले नेता नेपाल संग नै समझदारी गरी ओली माथी पुन दवाब बढाउने रणनीति लिनु भएको हो । कोरोना सक्रमण बढ्दैगए संगै सरकारले पुन लकडाउन गर्ने सम्भाबना रहेको कारण पनि तत्काल केन्द्रिय सदस्यहरुलाई काठमाडौ बोलाई आफना कुरामा सहमत गराउन र सार्थन खोज्नका लागि प्रयास भै रहेका दहाल –नेपाल  समुह का एक सदस्यले जानकारी दिए ।नेताहरु र उहाहरुको सचिवालयबाट खबर पाएपछि मंगलबार देखी नै  बिभिन्न जिल्लामा रहेका केन्द्रिय सदस्यहरु राजधानी आईपुगेका छन्  ।