७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै



अ+ अ-

काठमाडौँ । राजावादी आन्दोलनका क्रममा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने भएको हो ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

उनीहरू शुक्रबार पक्राउ परेका हुन् । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लैजान लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहित छन् ।

हिजो मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरिएको छ ।