१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः पञ्जाब र लखनउ भिड्दै



अ+ अ-

आईपीएल आजः पञ्जाब र लखनउ भिड्दै
काठमाडौँ । आईपीएल २०२५ को १३ औं खेल लखनउ सुपर जायन्ट्स र पञ्जाब किंग्सबीच हुँदैछ ।

खेल लखनउको एकना (अटल बिहारी वाजपेयी) स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली जारी सिजनमा पहिलो पटक आमनेसामने हुँदैछन् ।

पञ्जाबले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई हराएको थियो भने लखनउले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो । त्यसपछि लखनउले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

हेड टु हेड
आईपीएलमा हालसम्म पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सबीच कुल ४ खेल खेलिएका छन् । लखनउले ३ खेल जितेको छ भने पञ्जाबले एक खेल जितेको छ ।

निकोलस पुरन लखनउका सर्वाधिक स्कोरर
निकोलस पूरन एलएसजीका सर्वाधिक स्कोरर हुन् । आफ्नो अन्तिम खेलमा उनले हैदरावादविरुद्ध २६ बलमा ७० रनको इनिङ खेलेका थिए ।

दिल्लीविरुद्धको पहिलो खेलमा उनले ३० बलमा ७५ रन बनाएका थिए । शार्दुल ठाकुर लखनउबाट सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

उनले दिल्लीविरुद्ध २ विकेट र हैदरावादविरुद्ध ४ विकेट लिएका थिए ।

कप्तान श्रेयस अय्यर उत्कृष्ट फर्ममा
पञ्जाबका कप्तान श्रेयस अय्यरले गुजरातविरुद्धको खेलमा ४२ बलमा ९७ रनको इनिङ खेलेका थिए । उनी उत्कृष्ट लयमा छन् ।

कस्तो छ पिच ?
एकना रंगशालाको पिच बलिङमैत्री छ । स्पिनरले यहाँ थप मद्दत पाउँछन् । यस स्टेडियममा कुल १४ आईपीएल खेलहरू खेलिएका थिए ।

जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ७ खेल जितेको थियो भने पछ्याउने टोलीले ६ खेल जितेको छ । यस्तै, १ खेल रद्द भयो । आईपीएल २०२४ मा यहाँ कुनै पनि टोलीले २०० रन बनाउन सकेनन्, तर यस पटक पिचमा परिवर्तन देख्न सकिन्छ ।

मंगलबार लखनउमा मौसम सफा रहनेछ । खेलमा वर्षाको सम्भावना छैन । तापमान लगभग २७ देखि ३१ डिग्री सेल्सियस हुनेछ ।

सम्भावित सुरुवाती–१२
पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंहरजोश इङ्लिस (विकेटकिपर), मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, नेहल बढेरा/अजमातुल्लाह ओमरजाई, शशांक सिंह, सूर्यांश शेडगे, मार्को यान्सन, अर्शदीप सिंह, युजवकुमार, विजयकुमार ।

लखनऊ सुपरजायन्ट्सः ऋषभ पन्त (कप्तान / विकेटकीपर), एडेन मार्कराम, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, रवि बिश्नोई, प्रिन्स यादव, शार्दुल ठाकुर, दिग्वेश सिंह, एम सिद्धार्थ ।