२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद बोहराको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रश्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।

मंगलवार बसेको सभाको बैठकले सर्वसम्मतले शोक प्रश्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित हुनुभएका बोहराको मंगलवार नै उपचारका क्रममा निधन भएको हो । बोहरा विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री भइसक्नुभएको थियो । बोहराको ७४ वर्षको उमेरमा भएको जानकारी सदन समक्ष गराउँदै सभामुख घिमिरेले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित सदस्य, विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री रहनुभएका नेपाली राजनीतिका एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै मिति २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

संसद बैठकमा संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपति कार्यालयको सूचनासमेत सभामुख घिमिरेले पढेर संसदमा सुनाउनु भयो ।