१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चीनको बुद्धिस्ट एसोसिएसनबाट मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग

चीनको बुद्धिस्ट एसोसिएसनबाट मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग
अ अ+ अ-

काठमाडौं । चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकल लगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भए बमोजिमको एक लट सामग्री बिहीबार नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराइएको हो ।

चीनको बुद्धिस्ट एसोसिएसनका अन्तर्राष्ट्रिय सदस्य तथा लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका निर्देशक सि चोङयोङले आज ती सामग्री नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झालाई हस्तान्तरण गरे । लुम्बिनीमा रहेको चिनियाँ बौद्ध गुम्बाका निर्देशक तथा मास्टर सि चोङयोङ, चान ओ र चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र एक हजार ५०० बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री यसअघि नै वितरण गरिएको पनि सो संस्थाले जनाएको छ ।

नेपाललाई उपलब्ध गराउने घोषणा गरिएका १३ लाख ३७ हजार मास्क तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म नेपालमा सात लाख ७७ हजार थान आएको र ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको निर्देशक योङले बताए । यसका साथै चीनका बौद्धगुम्बाहरुको संस्थाहरुका तर्फबाट लुम्बिनी विकास कोषलाई एकमुस्टरूपमा छ लाख २० हजार सर्जिकललगायतका मास्क उपलब्ध गराइएको थियो ।
लुम्बिनीमा पहिलो सङ्क्रमित भेटिएपछि तत्कालै उक्त संस्थाले ती व्यक्ति तथा गाउँका अरु निम्न आय भएका परिवारका सदस्यका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

चिनियाँ बुद्धिस्ट एसोसिएसनको समन्वयमा बौद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरुले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर रहने जानकरी निर्देशक योङले बताए । नेपालमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप चिनियाँ बुद्धिस्ट एसोसिएसन र चिनियाँ बौद्धगुम्बाहरुको संस्थाका तर्फबाट रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको जनाइएको थियो । निर्देशक योङले गएको डिसम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा कोरोना महामारी देखिएको समयमा नेपालले चीन सरकारलाई मास्क सहयोग गरेपछि चिनियाँहरु निकै खुशी भएको स्मरण गर्दै हाल नेपाललाई यो महामारीबाट उम्किन चीनले सक्दो सहयोग गर्ने बताए।

नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा डा झाले चीन सरकार तथा त्यहाँका नागरिक सङ्घसंस्थाहरुले नेपालमाा हाल महामारीबाट अप्ठेरो परेका बेला गरेको सहयोग अनुकरणीय रहेको धारणा राख्दै उपलब्ध सहयोगलाई अत्यावश्यकताका आधारमा नेपालका विभिन्न क्षेत्र र समुदायमा पुर्याइने बताए ।