५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड निवासमा खटिएका छ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखियो



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष ‘प्रचण्डको निवास खुमलटारमा सुरक्षार्थ खटिएका छ जना प्रहरीलाई कोरोना पोजेटिभ देखिएको छ । प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । 

नेपाल प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएपछि बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । यसमध्ये ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको आज बताइएको हो । 

तर प्रचण्डको परिवारका सदस्यहरुमा भने कुनै सदस्यलाई संक्रमण नदेखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका प्रहरीका बारेमा भने केही बताइएको छैन ।