३ पुष २०८२, बिहीबार
,
Latest
नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलः चितवनले पोखरालाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।

जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।