३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिको संस्कृति संरक्षण गर्न महोत्सव



अ+ अ-

झापा।  लोपोन्मुख किसान, मुण्डालगायतका २३ बढी जातजाति रहेको मेचीनगर नगरपालिकामा नेपाल आदिवासी जनजाति महासङ्घले बृहत् सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

आदिवासी जनजातिको लोप हुन लागेको जातीय पहिचान, संस्कृतिको उत्थान र संरक्षण गर्ने उद्देश्यले यही चैत २७ गतदेखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद्ले जनाएको हो ।

काँकडभिट्टा खेल मैदान परिसरमा आयोजना गरिने महोत्सवमा तामाङ, मेचे, सुनुवार, गुरुङ, राई, थामी, राजवंशी, लिम्बू, नेवार, धिमाल, माझी, शेर्पा, मगर, भुजेल, थारु, बिर्जा, किसान र मुण्डा जातिको परम्परागत घर तथा संस्कृति पर्यावरण झल्किने स्टल रहने नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् मेचीनगरका निवर्तमान अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिनुभयो ।

महोत्सव निर्देशक समिति संयोजक केवलराम राईले आदिवासी जनजातिको संस्कृति र पहिचानसँग जोडिएको महोत्सव विसं २०७० देखि सुरु गरिएको बताउनुभयो । उहाँले महोत्सव विसं २०७२ मा दोस्रो र लामो समयपछि यसपटक १८ वटा जातिको सहकार्यमा तेस्रो सांस्कृतिक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आदिवासीको मौलिक खानपान, सांस्कृतिक भेषभूषा र प्रत्येक दिन तीन वटा जातीय समुदायले विशेष सांस्कृतिक कार्यक्रम गर्नेछन् । रासस