३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिको संस्कृति संरक्षण गर्न महोत्सव



अ+ अ-

झापा।  लोपोन्मुख किसान, मुण्डालगायतका २३ बढी जातजाति रहेको मेचीनगर नगरपालिकामा नेपाल आदिवासी जनजाति महासङ्घले बृहत् सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

आदिवासी जनजातिको लोप हुन लागेको जातीय पहिचान, संस्कृतिको उत्थान र संरक्षण गर्ने उद्देश्यले यही चैत २७ गतदेखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद्ले जनाएको हो ।

काँकडभिट्टा खेल मैदान परिसरमा आयोजना गरिने महोत्सवमा तामाङ, मेचे, सुनुवार, गुरुङ, राई, थामी, राजवंशी, लिम्बू, नेवार, धिमाल, माझी, शेर्पा, मगर, भुजेल, थारु, बिर्जा, किसान र मुण्डा जातिको परम्परागत घर तथा संस्कृति पर्यावरण झल्किने स्टल रहने नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् मेचीनगरका निवर्तमान अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिनुभयो ।

महोत्सव निर्देशक समिति संयोजक केवलराम राईले आदिवासी जनजातिको संस्कृति र पहिचानसँग जोडिएको महोत्सव विसं २०७० देखि सुरु गरिएको बताउनुभयो । उहाँले महोत्सव विसं २०७२ मा दोस्रो र लामो समयपछि यसपटक १८ वटा जातिको सहकार्यमा तेस्रो सांस्कृतिक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आदिवासीको मौलिक खानपान, सांस्कृतिक भेषभूषा र प्रत्येक दिन तीन वटा जातीय समुदायले विशेष सांस्कृतिक कार्यक्रम गर्नेछन् । रासस