२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने रविको तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गर्नुभएको छ ।

पार्टी केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको जानकारी गराउनु भयो ।

उहाँले पुनर्संरचनाका लागि तयार रहन पार्टी नेताहरूलाई निर्देशन दिनुभएको छ । केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभयो ‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु ।’

लामिछानेले अरु दलमा अवसर नपाएर मात्रै रास्वपामा आउने यो पार्टी नभएको बताउनु भयो ।

लामिछानेले आगामी बैशाखको तेस्रो साता पहिलो महाधिवेशन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।