२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गरिने बताउनुभएको छ ।

आज यहाँ दुग्ध विकास संस्थान सञ्चालनका लागि जग्गाप्राप्ति कार्यदलका संयोजक गोपालदत्त भट्ट नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले संस्थान सञ्चालनका लागि प्राविधिक समस्या समाधान गरी प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो ।

सम्बन्धित मन्त्रालयका मन्त्रीसँगको छलफलपश्चात् दुग्ध विकास संस्थान कहाँ स्थापना गर्ने भन्ने विषयमा छलफल गर्ने भन्दै मुख्यमन्त्री शाहले अन्य प्राविधिक समस्या भए ती कुरा सुल्झाएर मात्र अगाडि बढाउन लाग्ने बताउनुभयो ।

जग्गा प्राप्ति कार्यदलले दुग्ध विकास संस्थान, धनगढी, दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा प्राप्तिका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसहित पहल गरिदिन मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो । रासस