२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रवादी दल’ लाई रविको जबाफ- तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर हामीलाई छैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्कनु भएको छ ।

लामिछानेको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताउनु भयो ।

लामिछानेले भन्नुभयो – ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’

पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक तथा कार्यकर्ता सम्बोधन गर्दे लामिछानेले भन्नुभयो ‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्- रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो । प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन। यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ।’

सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।

लामिछानेको सभापत्विमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै, पार्टीको आन्तरिक रणनीति, लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण अभियान देखि महाधिवेशनको तयारीका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।