६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसम्पर्कका सुरक्षाकर्मी कोरोनाबाट बढी प्रभावित



अ+ अ-

काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षाअन्तर्गत इलामको पशुुपति नाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखापरेपछि ‘पीसीआर’ परीक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण देखा पर्यो । त्यसको केही दिनपछि इलामस्थित गणमा कार्यरत अन्य कर्मचारीको पीसीआर गर्दा ४७ मा र बिहीबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकाबाट आवतजावत गर्नेबाट कोरोना सरेको अनुमान गरिएको छ । विशेष गरी ‘बन्दाबन्दी’ हटेपछि सीमा नाकामा नेपाली तथा भारतीय नागरिकको ओहोरदोहोर बाक्लो भएका कारण सुरक्षामा खटिएका कर्मचारीमा कोरोना सङ्क्रमण बढेको दाबी उहाँले गर्नुभयो । सुरक्षाकर्मीमा कोरोना फैलिनुमा नागरिकसंँगको प्रत्यक्ष सम्पर्क मुख्य कारण भएको बताइएको छ । त्यस्तै नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत ८५ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

नागरिकको शान्तिसुरक्षा, विपद् व्यवस्थापन, सञ्चार तथा सवारी महाशाखामा कार्यरत प्रहरी कर्मचारीमा सङ्क्रमण बढी देखिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानलगायत विपद् व्यवस्थापन तथा उद्धारमा खटिएकाबाट प्रहरी प्रधान कार्यालयभित्र कोरोना फैलिएको अनुमान छ ।
प्रहरी प्रवक्ता कुवेरसिंह कडायत शान्तिसुरक्षा र नागरिक सेवाकै क्रममा प्रहरीमा कोरोना सङ्क्रमण भित्रिएको बताउनुहुन्छ ।
प्रवक्ता कडायत नागरिकको सुरक्षामा खटिँदा खटिँदै प्रहरी कर्मचारीमा कोरोना सरेको दाबी गर्दै सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा जो जससंँग सम्पर्क देखिन्छ, सबैमा कोरोना छैन भन्नुहुन्छ ।

नियमित ट्राफिक व्यवस्थापन गर्न सडकमा खटिने ३५० भन्दा बढी प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन् । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण प्रतिदिन जटिल रूपमा बढ्न थालेपछि बिहीबारबाट सवारी सञ्चालनमा जोर–बिजोर व्यवस्था लागू गरिएको छ । ट्राफिक महाशाखामा पाँच, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका छ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।