२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो अभिव्यक्ति शैली सच्याउने सञ्चारमन्त्रीको प्रतिवद्धता



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रविद्धता जनाउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिका कारण सांसदहरुको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र एग्रेसिप लजिकमा विश्वास गर्ने शैली आफ्नो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसावले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन । तर विगतको छलफलमा मैले जेजे शब्दहरु प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्वहरु प्रयोग गरेँ, त्यसले तपाईंहरुको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो । तपाईंहरु सबैले बोल्दा । मेरो यो शैलीले गर्दा तपाईंहरुलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिवद्धता जाहेर गर्दछु ।’

मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरुलाई होच्याउने किसिमले अभिव्यक्ति दिनुभएको भन्दै आलोचना भएको थियो ।