५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायी परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत



अ+ अ-

काठमाडौँ । ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत भएको छ ।

सोमवारको सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियोे । विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रश्ताव हाल्न समय दिइएको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री चौरसियाले कानून व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँलेले कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित रहेको बताउनु भयो । विधेयकले कानून व्यवसायीहरुलाई समाज र राष्ट्रप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीहरुको हक, हित संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र कानून व्यवसायीलाई थप व्यवसायीक बनाउनको लागि प्रश्तुत विधेयकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

कानून व्यवसायीलाई थप व्यवसायीक बनाउनको लागि प्रश्तुत विधेयकले महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास छ ।