१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कसरी प्रवेश गर्यो अख्तियारमा कोरोना ?

कसरी प्रवेश गर्यो अख्तियारमा कोरोना ?
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे हात’ अपरेसनमा कार्यरत थिए । उनलाई एक्कासि असहज महसुस भएपछि पिसिआर परीक्षण भयो । परीक्षणमा उनलाई कोरोना देखिएपछि अख्तियारले सतर्कता अपनाएको हो ।

प्रहरी नायब निरीक्षकमा कोरोना देखिएपछि त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि कोरोना परीक्षण भएको थियो । राजधानीबाट बाहिरको जिल्ला नगएका ती प्रहरीमा कोरोना संक्रमण देखिएपछि अख्तियारले सुरक्षाकर्मीसहित कर्मचारीको पिसिआर परीक्षणको क्रममा सुरुमा १४ जना सुरक्षाकर्मी र एक सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार आएको रिपोर्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एक जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएको हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ । कोरोना संक्रमणका कारण हाल अख्तियार सुनसान बनेको छ । हाल अत्यावश्यकबाहेकका कर्मचारी कार्यालय गएका छैनन् ।

अख्तियार कार्यालय बन्द भएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरू पनि कार्यालय गएका छैनन् । अख्तियारका आयुक्तहरूको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमणको जोखिम भएको भन्दै आयोगले आफ्ना सबै कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ । आयोगले गर्ने भ्रष्टाचारसम्बन्धी क्रियाकलापको स्टिङ अपरेसन, अनियमिततासँग जोडिएको घटनासँग सम्बन्धित फाइल अध्ययनसमेत बन्द भएको छ ।

संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यस्तै, अख्तियारका कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि विशेष अदालतले उच्च सतर्कता अपनाएको छ ।

अख्तियारबाट पेस हुने भ्रष्टाचारको मुद्दा दर्ता, पक्राउ परेका व्यक्तिको म्याद थप, बहस गर्नका लागि विशेष अदालतमा आउजाउ हुने भएकाले सो जोखिमलाई ख्याल गर्दैै १४ जनाको स्वाब परीक्षणका लागि पठाइएको विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षत्रीले जानकारी दिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।