१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कांग्रेसले क्रियाशील सदस्य १० लाख पुर्याउने

कांग्रेसले क्रियाशील सदस्य १० लाख पुर्याउने
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ ।

कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पुर्याउने तयारी गरेको हो ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘क्रियाशील सदस्यता वितरण सुरु भएसँगै माग बढ्दो छ, पहिले ५० प्रतिशत बढाउने भन्ने थियो, माग बढेसँगै शत प्रतिशत बढाउने भन्ने विषयमा छलफल भएको छ । थप छलफल आगामी केन्द्रीय समितिमा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको छ ।
यसैगरी, आगामी केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने विषयमा समेत नेताहरूबीच छलफल भएको छ । बिहीबार भएको शीर्ष तहको छलफलमै समितिमा रहने नेताहरूको नाम दिन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।

वरिष्ठ नेता पौडेलले भने महाधिवेशन तोकिएपछि भएका मनोनयन रद्ध गर्न र महाधिवेशनको मुखमा कुनै पनि विवादित गतिविधि नगर्न देउवालाई आग्रह गरेका छन् ।

देउवाले विधानमा व्यवस्था भएको भन्दा अर्थात् विधानअनुसार २८ विभाग गठन गर्नुपर्नेमा ४७ विभाग बनाउने गरी केन्द्रीय समितिबाट प्रस्ताव पास गराइसकेका छन् । उनले २० विभागमा आफू निकट नेताहरूलाई जिम्मेवारीसमेत दिइसकेका छन ।

बिहीबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायत सहभागी थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।