२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति?



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार नभएको आशय व्यक्त गर्नुभएको थियो ।

सांसद झाले मन्त्रीको चाप्लुसि गर्न कोही पनि कर्मचारी नआए सबैलाई हटाइदिने हो ?भन्दै प्रश्न समेत गर्नुभयो । कुनैपनि कर्मचारी, राज्यप्रति, उसको कर्तव्य र जिम्मेवारी तथा संस्थाको लक्ष्य प्राप्तमका निम्ति इमान्दार हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्री कर्मचारी मन्त्रीप्रति लोयल हुने कुरा गरेर जानुभयो । कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसि गर्नको लागि कोही कर्मचारी आउँछ ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे । राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, उ जे कार्यभार लिएको छ त्योप्रति, उसको संस्थामो लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ । कुनैपनि मन्त्रीप्रति लोयल हुने कर्मचारी होइन ।’

उहाँले कुनैपनि कर्मचारी मन्त्रीप्रति लोयल हुने संस्कार छोड्न जरुरी रहेको समेत बताउनु भयो ।