५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कबिहिन भएर भागेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी ८ जनाको कुनै अत्तोपत्तो छैन् ।

स्वस्थ्यकर्मीको सम्पर्कमा नआएका उनीहरुमध्ये केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेको पाइएको छ । संक्रमितलाई सम्पर्क गर्न खोज्दा केहिको मोबाइल अफ रहेको र केहीको गलत नम्बर रहेको पत्ता लागेको महाशाखा वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले बताए ।

संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका भइरहेको उनले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआएपछि काठमाडौं उपत्यकामा झनै कोरोनाको जोखिम बढेको छ । उनीहरु संक्रमण देखिएपछि पनि बजार र कार्यालय गइरहेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।