२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कबिहिन भएर भागेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी ८ जनाको कुनै अत्तोपत्तो छैन् ।

स्वस्थ्यकर्मीको सम्पर्कमा नआएका उनीहरुमध्ये केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेको पाइएको छ । संक्रमितलाई सम्पर्क गर्न खोज्दा केहिको मोबाइल अफ रहेको र केहीको गलत नम्बर रहेको पत्ता लागेको महाशाखा वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले बताए ।

संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका भइरहेको उनले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआएपछि काठमाडौं उपत्यकामा झनै कोरोनाको जोखिम बढेको छ । उनीहरु संक्रमण देखिएपछि पनि बजार र कार्यालय गइरहेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।